ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आजै साँझबाट मतगणना शुरु हुन्छ : आयोग

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
फाइल फोटो

वैशाख ३०, काठमडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रवार साँझबाट मतगणना शुरु हुने भएको छ ।

शुक्रवार साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै शुक्रवार नै मत गणना कार्य शुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार शुक्रवार दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जानकारी दिइएको छ ।

मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जानकारी दिएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement