वैशाख ३०, काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रवार दिउँसो २ बजेसम्मको अवधिमा करीब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।
कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।