वैशाख ३०, काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ ।
स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्त जोशीले जानकारी दिए ।
केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए । जोशी अरूको सहारामा पनि मतदान गर्न नसक्ने अवस्थामा रहेका छन् । रासस