ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भक्तपुरमा ६५ प्रतिशत मत खस्यो, ७० देखि ८० प्रतिशतसम्म खस्ने अनुमान

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
तस्वीर : राजन काफ्ले

वैशाख ३०, काठमाडौं । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करीब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।

बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् ।

जिल्लाा ७० देखि ८० प्रतिशत हाराहारी मत खस्ने अनुमान गरिएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement