ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

थपिए ७ जना कोरोना संक्रमित, १६ जना संक्रमणमुक्त

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार १ हजार १४८ पीसीआर परीक्षणमा ७ जना र २८९ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ७ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६४ पुगेको छ ।

यसैगरी, शुक्रवार १६ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपामा कारोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement