ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

देशभर ३२ ठाउँमा निर्वाचन अवरुद्ध, उम्मेदवारका कारण अवरुद्ध भएको ठाउँमा आयोगले जिम्मा नलिने

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभर ३२ ठाउँमा निर्वाचन अवरुद्ध भएको बताएका छन् ।

निर्वाचन अवरुद्ध हुनु भनेको स्थगित नभएको स्पष्ट पार्दै, आयोगका कारण अवरुद्ध नभएको अवस्थामा आयोगले जिम्मा नलिने पनि उनले बताए ।

कुनै उम्मेदवार वा दलले आफू कमजोर भएको महशुस गरी निर्वाचन भाँड्ने उदेश्यले अवरोध गरेको पाइएमा आयोगले त्यसलाई नस्विकार्ने उनले बताए ।

'हाम्रो कारण, सुरक्षा निकाय वा निर्वाचन अधिकृतका कारण निर्वाचन रोक्नुपर्ने अवस्था आएमा त्यो अर्कै कुरा हो । नत्र भने देशलाई आर्थिक भार पर्ने गरि निर्वाचन स्थगित गर्ने कुरामा आयोगको आपत्ति छ ।' उनले भने ।

आयोगले अवरुद्ध मतदान केन्द्रमा पुनः मतदान शुरु गर्ने गरी तालिका निकाल्ने उनले बताए । ५ बजेभित्र मतदान केन्द्रमा पुगेका मतदातालाई ८ बजेसम्म पनि भोट हाल्न दिने थपलियाले बताए ।

उनले उम्मेदवारका प्रतिनिधिले नै केही ठाउँमा मतपेटिका फुटाउने काम गरेको कुरा मिडियामा ल्याउन पनि लाज लागेको बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement