ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आयोगद्वारा डा. बाबुराम भट्टराईसँग २४ घण्टे स्पष्टीकरण माग

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found

वैशाख ३०, काठमाडौं । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ ।

डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा ९२० बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

डा भट्टराईले शुक्रवार बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको फोटो खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [1]
User Image

Krishna Hari Pokharel

[May 13, 2022 11:41am]

इन्ले जे गरे पनि हुने हो र .



   

Riddhi Siddhi Cement