ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दार्चुलाको व्यास वाड-१ तिंकरमा मतदान सकियो, २३१ जना मतदाता रहेकोमा १३६ मत खस्यो

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
फाईल फोटो

दार्चुलाको व्यास गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। 

तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन्। यहाँ १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए।

यस्तै‚ व्यास–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ। दिउँसोसम्म २०९ ले मतदान गरेका छन्। यहाँ ३७५ जना मतदाता छन्।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु र तिंकर पुगेका थिए। यहाँका स्थानीय ६ महीना सदरमुकाम खलङ्गा र ६ महीना छाङ्गरु र तिंकर बस्ने गर्छन्।

छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ। त्यसैले, निर्वाचन सामग्री लगायत कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पठाइएको थियो।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement