वैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना कार्य शुक्रवार राती ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले बताएको छ ।
मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । अहिले महानगरका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।