ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निर्वाचनमा ६४ % मतदान : निर्वाचन आयोग

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार ६४ प्रतिशत मतदान भएको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिए । ‘कतिपय ठाउँमा अहिले पनि मतदान भइरहेको छ, अहिले देशभरको यकिन तथ्यांक आइसकेको छैन, तर हामीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको छ,’ उनले भनेका छन्। 

उनले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको पनि बताएका छन् ।

आयोगका अनुसार काठमाडौंमा ५२ प्रतिशत मात्र मतदान भएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement