ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मुलुकभरका ४४ ओटा मतदान केन्द्रको मतदान स्थगित : निर्वाचन आयोग

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत मुलुकभरका १७ ओटा स्थानीय तहका ४४ ओटा मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी मुलुकभरका १७ ओटा स्थानीय तहका २८ ओटा मतदान स्थलका ४४ ओटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको बताए  ।

शुक्रवार भएको निर्वाचन अन्तरगत कतिपय ठाउँमा वर्षाका कारणले समेत मतदान स्थगित भएको छ भने कतिपय स्थानमा राजनीतिक विवादका कारण मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार मतदानका लागि अर्को मिति भने तोकिएको छैन ।

स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र त्यहाँको वस्तुस्थिति समेतको अध्ययन गरेर पुन: मतदानको मिति तोक्ने तयारी आयोगले गरेको छ । आयोगले मतदान सम्पन्न भइसकेका ठाउँमा मतपेटिका संकलन भइसकेपछि राति देखि नै मतगणना शुरु गरिने बताएको छ । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement