वैशाख ३०, काठमाडौं । हिमाली जिल्ला मनाङबाट मतगणना शुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना शुरु भएको जानकारी दिए ।
जिल्लामा चार गाउँपालिका रहेका छन् । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना शुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत शुरु भएको उनले बताए । जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाको मतगणना शुरु गर्ने विषयमा सर्वदलिए बैठक बस्ने तयारी भएको छ । बैठकले निर्णय गरेमा शुक्रवार रातिदेखि नै मतगणना शुरु गर्ने तयारी छ । राससको सहयोगमा