वैशाख ३०, काठमाडौं । स्वतन्त्र उम्मेदवारहरूले छुट्टा छुट्टै प्रतिनिधि राख्न नपाउने भनेपछि काठमाडौं महानगरमा मतगणनाको सहमति हुन सकेको छैन ।
स्वतन्त्र उम्मेदवार बालेन शाहले स्वतन्त्र उम्मेदवारलाई फरक व्यवहार गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले स्वतन्त्र उम्मेदवारलाई भनेर उम्मेदवारी दर्ता देखिकै प्रक्रियामा राजनीतिक दल सरहको व्यवहार गरेर मतगणना गर्ने बेलामा मात्रै ५ जना स्वतन्त्र उम्मेदवारको १ जना प्रतिनिधि राख्ने कुराले मतगणनामा धाधली हुने वा शान्तिपूर्ण हुँदैनकी भन्ने शंका गर्ने ठाउँ रहने भन्दै यस्तो नगर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं महानगरपालिकाका मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइसकिएको छ । मतगणना शुरु गर्नुअघि सर्वदलिय बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ ।