ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा

२०७९ बैशाख, ३१  
वाग्मती प्रदेश
NA

धुलिखेल । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वस्थ रहन बस्ने सफा ठाउँ र रैथाने खाना वा सन्तुलित भोजन नै हुन् ।

धुलिखेल अस्पतालमा बुधवार यिनै विषयमा चर्चा भयो । अस्पतालमा आमन्त्रित अतिथि थिए, सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको २५औं वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधवार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार दुवै जनालाई आमन्त्रण गरेको थियो ।
अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तरक्रियाका लागि उनीहरू सो अस्पतालबाट आमन्त्रित थिए । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष रह्यो सो कार्यक्रमको । अन्तरक्रियामा शर्मा र साहले आफ्ना अनुभव सुनाए ।

अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ शुरू भयो । अस्पतालका विभागीय प्रमुखहरूले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहेका थिए सफाइ अभियन्ता शर्मा ।

अस्पतालका काममा सरसफाइले के कतिको महत्त्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्नेमा नै उनको चासो थियो । पछि उनले खुसी व्यक्त गर्दै भने, ‘सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।’

डा. माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उनीहरूलाई राखेका थिए । देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तरक्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्त्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने शीप सिकाएका थिए ।

शर्माले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित वीर अस्पताल, पशुपतिनाथ हुँदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गरिसकेका छन् । उनले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, नि:शुल्क शौचालय, मन्दिर परिसर, पर्यटकीय महत्त्वका स्थलका वाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताए ।

सफाइ मजदूरका रूपमा विदेशबाट शुरू भएको आफ्नो कथा सुनाउँदै उनले नेपालमा व्यावसायिक रूपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र शीप उनले त्यहाँ प्रस्तुत गरे । भौतिक संरचना पुराना बने पनि तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा उनले राखे । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement