ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा वर्षे विद्युत्

२०७९ बैशाख, ३१  
१० वर्ष अघि
NA

शिक्षा, स्वास्थ्यलगायत मुलुकको समग्र विकासका निम्ति विद्युत् अपरिहार्य छ । जलस्रोतको धनी देश भएर पनि नेपालीहरूले वर्षा याममा समेत चाहे जति विद्युत् प्रयोग गर्न पाएका छैनन् । नेपालमा हाल झन्डै ८०० मेगावाट विद्युत्को माग छ । तर कुल उत्पादन ६९२.४ मेगावाट मात्र छ । हिउँदमा पानीको अभावका कारण ३०० मेवाभन्दा पनि कम उत्पादन हुने गरेको छ । नेपालका प्राय:जसो विद्युत् परियोजनाहरू नदीको बहावमा आधारित छन् । हिउँदमा वर्षायामको तुलनामा नदीहरूको पानी दुई तिहाइ घट्छ । विद्युत् उत्पादन पनि वर्षायाममा भन्दा दुई तिहाइले घट्छ । न्यूनतम पानीको उपलब्धता हुने आधारमा धेरैजसो विद्युत् परियोजनाका यन्त्रोपकरण जडान गरिएको छ । यस कारण वर्षायाममा नदीहरूमा उपलब्ध हुन पानीलाई उपभोग गरेर फाइदा लिन सकिएको छैन ।

वर्षा यामको पानीलाई उपयोग गर्दै विद्युत् निकाल्न सके वर्षा यामको विद्युत्को मागलाई सजिलैसँग पूरा गर्न सकिन्छ । नेपालका नदीहरूका जेठदेखि असोजसम्मका ठुलो मात्रामा पानीको बहाव हुने गर्दछ । यस वर्ष यामको पाँच महिना मात्रै विद्युत् निकाल्ने परियोजनाको आर्थिक हिसाबले सम्भाव्यता कम हुन्छ ।  

(सुमन बस्नेतको आलेखबाट)
वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement