ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कामपामा मतगणनाको तयारी अन्तिम चरणमा

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार राति बसेको सर्वदलीय बैठकले शनिवार बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना शुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
    
सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए । सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिए ।

शुक्रवार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३ दशमलव ४९ प्रतिशत मत खसेको थियो । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement