ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता        

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

 वैशाख ३१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

स्थानीय तहको शुक्रवार भएको निर्वाचनको मतगणना आइतवार बिहान २ बजेदेखि शुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन्।     
     
 उपप्रमुखमा नेकपा (एमाले) का शान्ता थापाले नेतृत्व लिएको पनि उनले बताए । नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र) को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।     
     
 नौ ओटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ जना मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कुल मतदाता संख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।     
     
 विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो । नेकपा(एमाले) बाट विजयी कृष्णहरि थापा समाजवादीमा लागेका छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा रहेका छन् ।  रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement