ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिं लालचन दुई मतको अन्तरले विजयी भएका छन् ।

उनले नेकपा(एमाले) का उम्मेदवारलाई पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका मोहनसिं लालचनले ७६० मत  ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सञ्जयकुमार थकालीले ७५८ मत पाएका थिए । 

उक्त पालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी जमुना थापा विजयी भएकी छन्। 

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५९८ मत खसेको थियो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement