वैशाख ३१, बागलुङ । स्थानीय तह निर्वाचनको मतगणना बागलुङको गलकोट नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
६१० मत खस्दा नगर प्रमुख पदमा कांग्रेसका भरत शर्मा गौरेले सुरुआती अग्रता लिएका छन् । उनले २६९ प्राप्त गरेका छन् भने नेकपा (एमाले)का पूर्ण काउचाले १०५ मत, स्वतन्त्रकी मन्जु शर्माले ९९ र राप्रपाका डम्मर केसीले १ मत पाएका छन् ।
त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार फमलाल निउरेले २४४, एमालेकी रुपा विकले १२० र स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ४२ मत प्राप्त गरेका छन् ।