ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काठमाडौं महानगरको मत गणना शुरु, वडा नं १ र ३२ को मत गणना हुँदै

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरको मत गणना शुरु भएको छ ।

 बिहान ८ बजेबाट शुरु गर्ने भनिएको मत गणना ढिला गरि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मत गणना शुरु गरिएको छ ।

तयारी भइरहँदा राष्ट्रिय सभागृह परिसरको माहोल र राष्ट्रिय सभागृह बाहिर भने भिड बढ्दै गएको छ । गणना ढिला हुँदै जाँदा पत्रकारहरु बिहानैदेखि समाचार संप्रेषणको लागि कुरीरहेका छन् भने विभिन्न दल र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ। 

मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय भएको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै प्रतिनिधि पाउनुपर्ने भन्दै विरोध गरेका छन् ।

३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिएका छन् । फोटो : सुनिल शर्मा/आर्थिक अभियान

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement