ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अग्रता

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, धनगढी । कैलालीको टीकापुर नगरपालिकामा जेल जीवन बिताईरहेका रेशम चौधरीको पार्टीले  अग्रता लिएको छ ।

पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

 नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ भने एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेको जनाएको छ। सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् ।

५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रवार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो । टीकापुरमा शनिवार बिहानदेखि मात्रै मतगणना शुरु भएको हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement