वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुमै अग्रता लिएका छन् ।
पहिलो १०० मतगणना अनुसार शाहले २२, कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत पाएका छन् ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ नक्सालबाट गणना शुरु गरिएको छ । त्यसपछि वडा नम्बर ३२ को गणना पनि शुरु गरिएको छ ।
वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।