ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मुलुकभर मतगणना कछुवा गतिमा, मतपरिणाम आउन कति दिन लाग्ला ?

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
काठमाडौं महानगरपालिकाको मतगणना शनिवार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा गरिंदै।
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं ।  संघीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन स्थानीय तह अन्तरगत शुक्रवार सम्पन्न भएको निर्वाचनको मतगणना कछुवा गतिमा शुरु भइरहेको छ ।

केहि स्थानको मतपरिणाम सार्वजनिक भइसकेता पनि अधिकांश स्थानको मतगणनाका लागि सर्वदलीय बैठक बस्न ढिलाई भएकाले शुक्रवार विहान अवेरमात्र मतगणना शुरु भएको हो । 

निर्वाचन आयोगले शुक्रवार नै  मतगणना शुरु गर्न स्पष्ट निर्देशन दिएता पनि प्रक्रिया पुगेका स्थानहरुमा पनि ढिला गरी मतगणन शुरु भएका छन् । मुलुककै ठूलो महानगरपालिकाको रुपमा रहेको काठमाडौं महानगरमा पनि शुक्रवार बिहान १० बजेपछि मात्र मतगणना शुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान ८ बजेबाट मतगणना शुरु गर्ने भनिएता पनि सर्वदलीय बैठक नै ढिला बसेको थियो ।  

निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मतगणना शुरु गरिएको छ । ३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको छ । 

 काठमाडौं महानगरको प्राप्त मत परिणाम र हालसम्मको समयलाई आधार मान्ने हो भने एउटा मत सदर या बदर  मत ठहर्‍याउन २० मिनेटसम्म लाग्ने गरेको सहभागी राजनीतिक दलका स्वयंसेवकहरुले बताएका छन् ।  यसरी हेर्दा काठमाडौं महानगरको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी समय लाग्ने देखिन्छ ।

मतगणना भइरहँदा राष्ट्रिय सभागृह परिसरमा भिड बढ्दै गएको छ । त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ।


महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा पनि  शुक्रवार मात्र मतगणना शुरु भएको छ । ललितपुर महानगरपालिकामा पनि अपरान्ह १२ बजेपछि मात्र  मतगणना शुरु भएको छ । यसैगरी  विराटनगरमा पनि मतगण शुरु  भएको छ ।

निर्वाचन आयोगका अनुसार मुलुकभर करीब ६४ प्रतिशत मत खसेको छ ।         
     
 आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ ।  एकैपटक देशभरका कुल १० हजार ७५६ ओटा मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा शुक्रवार मतदान भएको थियो।

यसपटक ७५३ ओटा स्थानीय तहमा कुल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । यसपालि ६५ ओटा दल निर्वाचनमा सहभागी छन् । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement