वैशाख ३१, काठमाडौं । मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
सत्ता गठबन्धनबीच तालमेल भएको उक्त गाउँपालिकामा सो पार्टीका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले ८२० मत प्राप्त गरि नेकपा(एमाले) का मनबहादुर गुरुङलाई पराजित गरेका हुन् । उनले ६४८ मत ल्याएका छन् । उपाध्यक्ष पनि सत्तागठबन्धनले जितेको छ ।
माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भएका छन् भने स्वतन्त्र उमेदवार अर्विन गुरुङले ४९६ मत ल्याएका छन् ।