ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मतपरिणाम आउने क्रम जारी : कुन गाउँपालिका प्रमुखमा को विजयी ?

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत मुलुकभरका विभिन्न स्थानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० ओटा गाउँ पालिकाको अन्तिम परिणाम आइसकेको छ ।

जसमध्ये नेकपा (एमाले) को तर्फबाट पाँच जना उमेदवार पालिका प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट तीन जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा(एकीकृत समाजवादी) को तर्फबाट दुई जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा नारासिंह रोकाय विजयी भएका छन् ।  यसअघि नै नेकपा (एकिकृत समाजवादी) का दुई र नेकपा(एमाले) को एक जना उमेदवार गाउँपालिकामा निर्बिरोध विजयी भइसकेका छन्। 

अहिलेसम्मको अन्तिम परिणाम आएका पालिकाहरु : 

नेकपा(एकीकृत समाजवादी ) :

१. काइके गाउँपालिका (डोल्पा) अंगद कुमार राना
२. छार्का ताईसोइ गाउँपालिका (डोल्पा) सेनाङ गुरुङ   

नेकपा(एमाले) :

१. शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ
२. लो घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) लोप्साङ छोम्पेल विष्ट
३. चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले 
४. मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) कान्छा घले
५. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) रिङजीन नामगेल गुरुङ   

नेपाली काँग्रेस :

१. घरपझोङ गाउँपालिका (मुस्ताङ) मोहनसिंह लालचन
२.नार्पाभूमि गाउँपालिका (मनाङ) कोन्जो तेन्जिङ लामा 
३.नासों गाउँपालिका (मनाङ) धनबहादुर गुरुङ  

नेकपा (माओवादी केन्द्र) :

१.जगदुल्ला गाउँपालिका( डोल्पा ) नारासिंह रोकाय

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement