ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निर्वाचन स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुग्यो : निर्वाचन आयोग    

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

वैशाख ३१, काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ ।     
     
निर्वाचन आयोगले गएराति २२ : ०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ ओटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको संख्या थप भएको हो ।     
     
 हालसम्म विभिन्न स्थानमा गरी ७९ ओटा मतदान केन्द्रमा स्थगन भएको आयोगले बताएको छ। आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कुल संख्यामा केही थपघट हुन पनि सक्नेछ ।

मतदान भएका अधिकांश पालिकामा मतगणना शुरु भइसकेको छ । रासस
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement