ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भरतपुरमा १५० मत गणना गर्दा एमालेका सुवेदीले बढाए मतान्तर

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

वैशाख ३१, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले मतान्तर बढाएका छन् ।

१५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ५१ मत पाएकी छिन् । यस अघि १०० मत गणना गर्दा भने सुवेदी ४ मतले मात्रै अगाडि थिए । थप ५० मत गन्दा उनले १५ मतको अग्रता लिएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ मत पात्रै पाएका छन् ।

भरतपुरमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement