ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालगञ्ज उपमहानगरमा पनि गठबन्धनका उम्मेदवार अगाडि

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

वैशाख ३१, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत पाएका छन् ।

नेकपा (एमाले)का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत पाएका छन् ।

नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत पाएको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।

बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले तथा कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका छन् । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement