वैशाख ३१, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा शनिवार अपरान्हबाट मात्रै मतगणना शुरु भएको छ ।
दिउँसो ४ः१५ बजेदेखि मात्रै मतगणना शुरु भएउको हो । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको हो।
पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए। अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।
पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो । पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादीका) धनराज आचार्य र नेकपा(एमाले)बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ । रासस