ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निर्वाचन सकिएको २४ घण्टा नबित्दै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरको १७० रुपैयाँ

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले निर्वाचन सकिएको भोलि पल्टै पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँका दरले बढाएको हो । यसका साथै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले हाल यथावत नै राखेको जानकारी दिएको छ । निमगका अनुसार एलपी ग्यासको मूल्य हाल प्रतिसिलिण्डर १ हजार ६०० रुपैयाँ रहेको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement