वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचन अन्तरगत प्रारम्भिक मत गणनादेखि नै मेयर पदमा बालेन्द्र शाहले अग्रता लिएका छन् ।
शनिवार बेलुका नौ बजेसम्मको ताजा अपडेट अनुसार उनले ५८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा(एमाले)का केशव स्थापितले ४८८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका सिर्जना सिंहले ३४० मत प्राप्त गरेकी छन् ।
यसैबीच हालसम्मको मत परिणाममा नेकपा(एमाले) को उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाएकी छन्।
प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६०२ मत प्राप्त गरेकी छन् । तर नेकपा(एमाले) का मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग शुरुवाती समयदेखि नै पछाडि परेका छन् । राष्ट्रिय सभा गृहमा अहिले महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना भइरहेको छ ।