ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वालेन्द्र साहको अग्रता कायमै, साहले ९८० मत ल्याउँदा स्थापितको ८०० मत

२०७९ जेठ, १  
समाचार
Image Not Found

जेठ १, काठमाडौँ ; काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ९८० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८०० मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत प्राप्त गरेकी छन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेको तर्फबाट उपप्रमुखकी प्रत्याशी सुनिता ढुंगेलले ६०२ मतका साथ अग्रता बनाएकी छन् भने गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement