ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घरघरमा धारा पुगेपछि ढुंग्रेका स्थानीय खुशी

खानेपानीको समस्या झेल्दै आएका ८० घरधुरी लाभान्वित

२०७९ जेठ, १  
वाग्मती प्रदेश
NA

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।  ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि रहेको खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए ।

पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।  

उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनु पर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षौदेखि आफूहरूले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको भनाइ छ । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेका  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् ।

सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा बचत भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् ।

गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायिक खेतीतर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूल खेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement