ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सडक सञ्जालले जोडियो बागलुङको बडिगाड

२०७९ जेठ, १  
गण्डकी प्रदेश
Image Not Found

वलेबा । ५ वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच ५ घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दैलोबाट सवारी चढ्छन् ।

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन ।

सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् । मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन, यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पुर्‍याउन निकै लामो समय सास्ती खेपे । घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य सामान पुर्‍याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । ‘मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ’, पुनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन ।’

बडिगाड साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो । स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ ।

वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० ओटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ । ‘सडक पहुँच पुगेको छ’, स्थानीयवासी पुनले भने, ‘यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महसुस गरेका छौँ ।’

‘विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले वास पाएका छौँ’, वडिगाड गाउँपालिका–९ की बाटुली विकले भनिन, ‘सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement