ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शेयर बजारभित्र नमिलेका तथ्यहरू

२०७९ जेठ, १  
१० वर्ष अघि
NA

शेयर बजार निकै चञ्चल स्वभावको बजार हो । त्यसैले यसलाई संवेदनशील बजार पनि भनिन्छ । यस्तो बजारलाई नियन्त्रण गर्ने निकाय पनि उत्तिकै संवेदनशील हुनुपर्ने हुन्छ । तर नेपालमा त्यस्तो देखिएको छैन । शेयर निष्कासन वा विक्री गर्दा जनताको लगानी नडुब्ने ग्यारेन्टी हुनुपर्छ । यस विषयमा निष्कासन अनुमति दिने निकाय तथा विक्री प्रबन्धक नियुक्त हुने संस्था दुवै उत्तिकै जिम्मेवार हुनुपर्छ । तर, अहिले नेपालको त्यस्तो जिम्मेवारी बोध भएको पाइँदैन ।

कुनै कुनै कम्पनी धेरै वर्ष चलेर पनि कारणवस बन्द भएका छन् । नेकोन एयर, विराट शु कम्पनी, नेपाल मेटल कम्पनी यसका उदाहरण हुन् । ती कम्पनीका शेयरधनीको हित रक्षाका लागि पनि धितोपत्र बोर्डले आफूलाई फुर्सद नभएको  जस्तो व्यवहार गरिरहेको छ । शेयरधनीहरूले कम्पनी कस्तो अवस्थामा छ भन्ने सूचनासम्म पनि नपाउने विडम्बनापूर्ण अवस्था अहिले विद्यमान छ । लिक्विडेसनमा पठाइएको भनिएका हरिसिद्धि इँटा टायल कारखाना र नेपाल विकास बैंक यसका थप उदाहरण हुन् । सरकारी स्वामित्वको ५०औं वर्ष पुराना कतिपय कम्पनी व्यवस्थापनको लापरबाहीका कारण नोक्सानीमा गएका छन् । तिनीहरूले  शेयरधनीको हक खोसेर अन्याय गरेका छन् । ती कम्पनीहरूका ठूला शेयरधनीले आफ्नो हकहित सुरक्षाका लागि न्यायालयको ढोका घच्घच्याउन पनि नसकेको अवस्था छ । राष्ट्र बैंकले चलाएका बैंक भएर होला सायद वार्षिक साधारणसभा पनि गर्नु नपर्ने छुट नेपाल बैंक लिमिटेडले पाएको छ ।

(रोजकुमार श्रेष्ठको आलेखबाट)
वर्ष ५ अंक  ५१, २०६७, भदौ ७–१३

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement