ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भारतले लगायो गहुँ निर्यातमा रोक 

२०७९ जेठ, १  
NA

नयाँ दिल्ली (भारत) । भारतले गहुँको निर्यातमा रोक लगाएको छ । उखर्माउलो गर्मीका कारण गहुँको उत्पादन घटेको र घरेलु स्तरमा गहुँ र गहुँको पिठो भाउ बढेर कीर्तिमानी उचाईमा उक्लिएपछि सरकारले शनिबार सो कदम चालेको हो । 
प्रतिबन्ध कहिलेसम्म रहन्छ भनेर बताइएको छैन । यस अघि नै लेटर अफ क्रेडिट जारी भइसकेका र खाद्य सुरक्षासम्बन्धी आवश्यकता पूरा गर्न जरुरी भन्ने देशहरुबाट आएको अनुरोध अन्तर्गत निर्यात गर्न लागिएको गहुँलाई भने अनुमति दिइने बताइएको छ । 
रुसले युक्रेनमाथि आक्रमण गरेयता कृष्ण सागरबाट हुने गहुँ निर्यात प्रभावित भएपछि विश्वका गहुँ क्रेताहरु भारततर्फ लागेका थिए । भारत चीन पछि विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो । विश्वको गहुँ उत्पादनमा भारतको अनुपात १२ प्रतिशत छ । 
भारतले यस वर्ष कीर्तिमान गहुँ निर्यात गर्ने लक्ष्य लिएको थियो । भारतले प्रतिबन्ध  लगाएपछि विश्वभर गहुँको भाउले नयाँ उचाई छुने र एशिया र अफ्रिकाका गरिबी देशहरु झनै मारमा पर्ने देखिएको छ । यो प्रतिबन्ध अप्रत्याशित भएको बताइएको छ । 
महँगीका कारण सरकारले एक्कासी आफ्नो धारणा परिवर्तन गरेको हुन सक्ने मुम्बई स्थित उउटा बहुराष्ट्रिय टे«ेडिङ कम्पनीका डिलरले भने । खाद्य वस्तु र इन्धनको भाउमा भएको वृद्धिसँगै अप्रिलमा भारतको खुद्रा मुद्रास्फीति ८ वर्षकै उच्च स्तरमा उक्लिएको थियो । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकले ब्याजदर बढाउने अपेक्षा गरिएको छ । 
भारत सरकारले गहुँको न्यूनतम् टेवा मूल्य २० हजार १५० रुपयाँ तोकेको छ । तर भारतका केही स्पट बजारमा गहुँको भाउ बढेर प्रति टन २५ हजार रुपयाँ सम्म पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यस वर्ष भारतमा ११ करोड १३ लाख २० हजार टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । भारतले गहुँको निर्यातमा लगाएको प्रतिबन्धले विश्वभर गहुँको भाउ झनै बढाउने विश्लेषकहरुले बताइरहेका छन् । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement