ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिद्धार्थ व्यवस्थित लगानी योजनाको कारोबार दिन परिवर्तन

२०७९ जेठ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १, काठमाडौं । जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय लागू भएसँगै सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाई कारोबार हुने दिन परिवर्तन भएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले सूचना जारी गर्दै जेठ १ गतेदेखि लागू हुने गरी उक्त योजनाको इकाई कारोबार सोमवारदेखि शुक्रवारसम्म हुने जानकारी दिएको छ ।

कारोबार अवधि भने यस अघिकै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मनै कायम गरिएको छ । शनिवार, आइतवार तथा अन्य सार्वजनिक विदाको दिन क्यापिटलको काउन्टर बन्द रहने जानकारी समेत सूचनामा दिइएको छ ।

खुलामुखी प्रकृतिका यस्ता योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत नहुने हुँदा योजना व्यवस्थापकको कार्यालयबाटै कारोबार हुने व्यवस्था मिलाईएको हुन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement