जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले १ हजार ७०६ मत पाएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन शाह केशव स्थापितभन्दा ६७४ मतले आगाडि छन् ।
आइतवार बिहान सँवा सात बजेसम्मको मत परिणामअनुसार एमालेका केशव स्थापितले १ हजार ३२ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् ।
उनकी प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।
अहिले राष्ट्रिय सभागृहमा १,२,३,४ र ३२ वडाको मत गणना भइरहेको छ ।