ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सरकारी कार्यालयदेखि शिक्षण संस्थामा आजदेखि सातामा दुई दिन बिदा

२०७९ जेठ, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १, काठमाडौं । जेठ १ गते आइतवारदेखि सातामा दुई दिन बिदा कार्यान्वयनमा आएको छ ।

अब आइतवार र शनिवार सार्वजनिक बिदा हुनेछ । प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा पाँच दिन मात्रै खुला हुने छन् ।  सरकारले परीक्षणका लागि इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले आइतवारसमेत सार्वजनिक बिदा थप गरेको हो । देशव्यापी रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिइएको यो पहिलोपटक हो ।

गत १३ वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । सोही आधारमा अव बैंक तथा वित्तीय संस्था र  विद्यालयमा पनि विदा थप भएको छ ।  

बिदा थप भएपछि सरकारी कार्यालयमा  कार्यघण्टा भने बढेको छ । उता शिक्षण संस्थामा भने शुक्रवारको आधा दिन छुट्टी समय बढाउनुका साथै वार्षिक बिदा कट्टा गरेर पठनपाठन अवधि समायोजन गरिएको छ ।

सोमवारदेखि शुक्रवारसम्म बिहान ९ : ३० देखि अपराह्न ५ : ३० बजेसम्म कार्यालय समय तोकिएको छ ।  त्यस्तै, शिक्षण संस्थाहरू भने  साबिकबमोजिम नै बिहान १० देखि अपराह्न ४ बजेसम्म पठनपाठन हुनेछ ।  बिदा थप भएसँगै यस वर्ष १३६ दिन सार्वजनिक बिदा परेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement