ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डोटीको बडिकेदार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भैरव साउद विजयी

२०७९ जेठ, १  
समाचार
Image Not Found

जेठ १, डोटी । डोटीको बडिकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सम्मेदवार भैरवबहादुर साउद विजयी भएका छन् ।

निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन् ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन् । 

गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत पाएकी छन् ।

यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement