ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साताको दुई दिन बिदाको कार्यान्वयन शेयर कारोबारमा पनि लागू, अव मंगलवारबाट मात्र शेयर कारोबार खुला 

२०७९ जेठ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १, काठमाडौं । जेठ १ गतेदेखि साताको दुई  दिन बिदा दिने निर्णयको कार्यान्वयन शेयर कारोबारमा पनि लागू भएकोे छ ।

 जसअनुसार जेठ १ गते आइतावार शेयर कारोबार बन्द भएको छ । अबदेखि नियमित रुपमा सोमवारदेखि शुक्रवारसम्म  शेयर बजार खुल्ने नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले जानकारी दिएको छ ।

तर  सोमवार भने बुद्ध जयन्ती अवसरमा  सार्वजनिक विदा परेकाले शेयर बजार मंगलवादेखि मात्रै खुल्नेछ । शेयर कारोबार पनि  यसअघिकै साविक बिहान ११ बजेदेखि अपरान्ह तीन बजेसम्म खुला रहने छ । शेयर कारोबार मात्र नभई प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा पाँच दिन मात्रै खुला हुनेछन् ।  

सरकारले परीक्षणका लागि इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले आइतवारसमेत सार्वजनिक बिदा थप गरेको हो ।  गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।  

सोही आधारमा अव बैंक तथा वित्तीय संस्था र  विद्यालयमा पनि बिदा थप भएको छ ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement