जेष्ठ १, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
आइतवार सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीवार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि आइतवार सुनको मूल्य घटेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८११।०९ डलर पुगेको छ ।
त्यसैगरी, आइतवार अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ ।यो दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव २३ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलर सोहि मूल्यमा विक्री भएको थियो ।