जेठ १, काठमाडौं । भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता बढाएकी छन् ।
ताजा मतपरिणाम अनुसार दाहालले १२०८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी विजय सुवेदीले १०७८ मत पाएका छन् । सुवेदी भन्दा दाहालले पाएको मत १२१ ले बढी हो ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ३०० मत कटाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनको मत ३२६ पुगेको छ ।
उप मेयर तर्फ कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १३६२ मत प्राप्त गर्दा राप्रपाका हिमाल गुरुङले ८७७ मत प्राप्त गरेका छन् । उपमेयरमा गुरुङको भन्दा अधिकारीले पाएको मत ४८५ ले बढी छ ।