ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

 बझाङ र नवलपुरका २ गाउँपालिकामा एमाले विजयी

२०७९ जेठ, १  
समाचार
Image Not Found

जेठ १, काठमाडौं । बझाङको साइपाल र नवलपुरको बौंदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

साइपाल गाउँपालिकामा मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत प्राप्त गरेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौँदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत पाएका छन् ।

उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले तीन हजार ५०६ मत पाएकी छन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement