जेठ १, बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक बिजयी भएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका बिकले २ हजार २८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत पाएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरेकी छन् ।
यस्तै पालिकाका पाँचओटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी हुनुभयो । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् ।रासस