ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पूर्व मन्त्री तथा नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

२०७९ जेठ, १  
र यो पनि
Image Not Found

जेठ १, काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल स्थानीय निर्वाचनमा वडा सदस्यमै पराजित भएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जित हार सामान्य भएको बताएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

उनकी पत्नी पद्मा अर्याल भने २ पटक मन्त्री बनिसकेकी व्यक्ति हुन् । उनले गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट सचिवमा चुनाव जितेकी हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement