ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

थप ४ ओटा बैंक तथा वित्तीय संस्था एनएचसीएलमार्फत आरटीजीएस प्रणालीमा आबद्ध

२०७९ जेठ, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ५, काठमाडौं ।  नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रममा थप एउटा विकास बैंक र तीन ओटा वित्त कम्पनीहरु आवद्ध भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी ती कम्पनीहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स  तथा श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स कम्पनी हालै उक्त प्रणालीमा थपिएका छन् । यसअघि २४ ओटा वाणिज्य बैंक, नौ ओटा विकास बैंक र आठ ओटा वित्त कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भइसकेका छन् छन् ।

आरटीजीएस प्रणालीमा रहेका बैंक तथा वित्तीय संस्था मध्ये ४६ ओटा कम्पनी एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएस मार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत् २ लाख रुपैयाँभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर बैंक भुक्तानी गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा आरटीजीएस प्रणाली मार्फत ४३ दशमलव ४ खर्ब रुपैयाँ बराबरको ६५ हजार ३७६ भुक्तानी कारोबारहरु फर्छ्यौट भइसकेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x