जेठ ५, काठमाडौं । काठमाडौं महानगरका पुराना वस्ती रहेका वडाको मतगणना शुरु हुँदापनि बालेन साहको अग्रता भने झन झन बढ्दै गएको छ ।
६५ हजार ८१ मत गन्दा साहको लौरोमा २५ हजार १८५ मत खसेको छ । एमाले उम्मेदवार स्थापितले भने १३ हजार ९८ मत मात्रै पाएका छन् ।
यो संगै साहको अग्रता बढेर १२ हजार ८७ पुगेको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १२ हजार ४६० मत पाएकी छन् ।
यस अघिको मत परिणाम सार्वजनिक गर्दा साहको अग्रता ११ हजार ५९६ थियो ।