ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तीन जलविद्युत् कम्पनीले दिए आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन 

२०७९ जेठ, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । पछिल्लो समय तीन कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएका छन् । 

माया खोला हाइड्रोपावर कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका हुन् । 

माया खोला हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको हो । वैशाख २८ गते आईपीओ निष्कासनको लागि निवेदन दिएको माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 

त्यस्तै, मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित कुल २२ लाख ८० हजार कित्ता आइपीओ विक्री गर्न बोर्डमा वैशाख ८ गते निवेदन दर्ता गराएको हो । मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि प्रभु क्यापिटलले नै पाएको छ । 

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले उक्त कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा चैत २ गते निवेदन दिएको हो । 

भुगोल इनर्जी डभेलपमेन्टको आईपीओ विक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x