जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त उम्मेदवार बालेन्द्र साहको अग्रता प्रतिद्वन्द्वी उम्मेदवारभन्दा दोब्बर मतले बढी रहेको छ ।
शनिवार बिहान ४ बजेसम्मको मतगणना अनुसार साहले ३१ हजार १५ मत ल्याएका छन् भने नेकपा(एमाले) का केशव स्थापितले १६ हजार ५२७ मत ल्याएका छन् । यस अनुसार उनीहरूको मतान्तर १४ हजार ४४८ रहेको छ ।
यसैगरी नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १६ हजार २२४ मत प्राप्त गरेकी छन् । नेपाली काँग्रेसका सिंहभन्दा स्थापित मात्र ३०३ मतले अगाडि छन् ।
शुरुवाती समयदेखि स्वतन्त उमेदवार साहको अग्रता कायमै छ ।